FAQs Complain Problems

दैनिकी गतिविधिहरू

खानीखोला गाउँपालिका-५ स्थित श्री लाप्चे एकीकृत कृषक समूह र जिल्ला कृषि ज्ञान केन्द्र काभ्रेको साझेदारीमा मकै बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत किसानहरुलाई  ट्याक्टर (मिनिटिलर), थ्रेसर, स्प्रे पम्प र सिलपोलिन टनेल लगायत वितरण गर्दै ।

मिति: 05/23/2023 - 17:20
, , , , , , , , , , ,

"खानीखोला गाउँपालिकाको वडा नं. ४ र ३ को सीमामा पर्ने डाडाँगाउँस्थित् बन्ने पेङदोर्जे पार्क र वडा ३ को जुरे–धमाना–बाङ्गे सडकको डिपिआरको विस्तृत विवरण खानीखोला गाउँपालिकाअध्यक्ष श्री इन्द्रबहादुर थिङ र उपाध्यक्ष श्री दोर्जेमान जिम्बा लगायत वडाध्यक्षहरुसमेतको उपस्तिथिमा प्रस्तुत गर्दै इन्जिनियरद्धय श्री सुमिता मिश्र र श्री विनिता नेपाली । यसको सहजीकरण भने समाजसेवी श्री दावा घिसिङले गर्नु भएको थियो ।"

मिति: 03/29/2023 - 19:29
, , , , , , , , , , , ,

"आज मिति २०७९ साल चैत्र ९ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री इन्द्रबहादुर थिङ द्वारा वडा नं. ३ स्थित वडा कार्यालय र वडा कार्यालयसँगै नवनिर्मित हनुमान प्रा.वि. को भवन अनुगमनमा साथमा वडा अध्यक्षहरु श्री सागर जिम्बा, श्री बुद्धि बहादुर स्याङ्तान, समाजसेवी श्री राजन अधिकारी लगायत अन्य"

मिति: 03/23/2023 - 16:37
, , , , , , , , , , , , , , ,

खानीखोला गाउँपालिकाको सहयोग, भाषा आयोग काठमाडौँको सहकार्य तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा ‘मातृभाषा तथा स्थानीय विषयमा शिक्षा । गुणस्तरीय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता ।।’ भन्ने मुल नाराका साथ चैत ४ देखि ८ गतेसम्म सञ्चालन हुने गरी स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रमको झलक ।

मिति: 03/20/2023 - 18:34
, , , , , ,

Pages