मिति २०८० चैत्र १२ गतेका दिन यस खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ४ स्थित २ वटा विधालय भवन (श्री वीर आ.वि. र श्री ज्ञानज्योति आ.वि.) र एक सामुदायिक भवन बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय श्री कुमारी मोक्तानज्युको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको विशेष आतिथ्यतामा साथै वडा अध्यक्षहरू श्री निशान मोक्तानज्यु, श्री बुद्धि बहादुर स्याङ्ताङज्यु ,कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, अभिभावक, विद्यार्थी, समाजसेवी, शिक्षक, राजनीति दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी सबैको उपस्थितिमा भवन उदघाटन कार्यक्रम सम्पन्नको केही झलकहरू ।
समाचार
दैनिकी गतिविधिहरू
आज मिति २०८० साल चैत्र ०३ गतेका दिन खानेपानी, ऊर्जा तथा सिंचाई, बागमती प्रदेश पूर्व मन्त्री माननीय तीर्थ लामाज्युको प्रमुख आतिथ्यतामा यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू, रोशी गाउँपालिकाका अध्यक्ष श्री दिनेश लामाज्यू र खानीखोला गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशिष्ट आतिथ्यतामा र वडा अध्यक्षहरुज्यूहरू लगायत समाजसेवीहरु, निर्माण व्यवसायहरू तथा निर्माण दाताहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं• ६ को नव निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्दाको केही झलकहरू ।
आज मिति २०८० साल चैत्र ०१ गतेको दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा गाउँपालिका अन्तरगत हुन गइरहेको वास सर्वे (NWASH) को लागि भएको अभिमुखिकरण कार्यक्रमको केही झलक |
आज मिति २०८०/११/२५ गतेका दिन खानीखोला गाउँपालिका, महिला तथा बालबालिका शाखाद्वारा "महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ ११४ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा आयोजित अन्तरक्रिया तथा शुभकामना आदन-प्रदान कार्यक्रमको केही झलकहरू
आज मिति २०८० साल फाल्गुण १८ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरूसँग बैठक बस्दाका केही झलकहरू ।
खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको समन्वयमा रक्षा नेपाल, काठमाडौँद्वारा आयोजित गाउँपालिकाका किशोरी समुहको लागि निशुल्क सिलाई कटाई तालिमको उद्घाटन समारोहमा उपस्थित गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू लगायत वडा अध्यक्ष, वडा सदस्य, समाजसेवी तथा अन्य |
आज मिति २०८० साल फाल्गुण ११ गतेका दिन श्री जन विकास मा वि को प्राङ्गणमा सामाजिक बिकास समितिका संयोजक श्री निशान मोक्तानज्यूको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङज्यु को प्रमुख आतिथ्यतामा "अतिरिक्त कृयाकलापको संचालन, बाल प्रतिभाको प्रस्फुटन" भन्ने मुल नाराको साथ शिक्षा युवा तथा खेलकुद शाखा खानिखोला गाउँपालिका द्वारा आयोजित पालिका स्तरिय खुल्ला नृत्य प्रतियोगिता क्रार्यक्रम भब्य रुपमा सम्पन्न । सहाभागी सम्पूर्ण विद्यालयहरु तथा पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्नु हुने विद्यालयलाई हार्दिक बधाई तथा धन्यवाद ।
आज मिति २०८० साल फाल्गुण ११ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष तथा तथ्याङ्क संकलन तथा सहजकिरण समितिका संयोजक श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा र वडा नं. ४ का वडा अध्यक्ष श्री निशान मोक्तानज्यु लगायत अन्य समाजसेवीहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं. ४ को भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण कार्य सम्पन्न भएको छ ।
यसै खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ३ धनमनामा मोटरबाटोको ट्र्याक खोल्ने काम सम्पन्न भएपछी स्थानियहरुवाट आयोजना गरिएको धन्यबाद ज्ञापन कार्यक्रममा मन्तब्य राख्नुहुदै गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ साथमा उपाध्यक्ष श्री दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत श्री धनेन्द्र भुजेल, ३ नं वडा अध्यक्ष श्री सागर लामा, ५ नं. वडा अध्यक्ष श्री बुद्धि ब. स्याङतान, इन्जिनियर द्वय श्री जीवन राज अर्याल र श्री अनमोल आचार्य साथै अन्य जनप्रतिनिधिहरु, समाजसेवी र स्थानिय जनसमुदाय।
आज मिति २०८० साल माघ २४ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु र वडा अध्यक्षहरु श्री सन्तमान थिङज्यु, श्री दशरथ लामाज्यु, श्री बुद्धि बहादुर स्याङ्तानज्यु लगायत समाजसेवीहरु, निर्माण व्यवसायहरू तथा निर्माण दाताहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं• २ को फलामेटार स्वास्थ चौकी भबन उद्घाटन गर्दाको केही झलकहरू ।