FAQs Complain Problems

दैनिकी गतिविधिहरू

"खानीखोला गाउँपालिकाको वडा नं. ४ र ३ को सीमामा पर्ने डाडाँगाउँस्थित् बन्ने पेङदोर्जे पार्क र वडा ३ को जुरे–धमाना–बाङ्गे सडकको डिपिआरको विस्तृत विवरण खानीखोला गाउँपालिकाअध्यक्ष श्री इन्द्रबहादुर थिङ र उपाध्यक्ष श्री दोर्जेमान जिम्बा लगायत वडाध्यक्षहरुसमेतको उपस्तिथिमा प्रस्तुत गर्दै इन्जिनियरद्धय श्री सुमिता मिश्र र श्री विनिता नेपाली । यसको सहजीकरण भने समाजसेवी श्री दावा घिसिङले गर्नु भएको थियो ।"

मिति: 03/29/2023 - 19:29
, , , , , , , , , , , ,

"आज मिति २०७९ साल चैत्र ९ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष श्री इन्द्रबहादुर थिङ द्वारा वडा नं. ३ स्थित वडा कार्यालय र वडा कार्यालयसँगै नवनिर्मित हनुमान प्रा.वि. को भवन अनुगमनमा साथमा वडा अध्यक्षहरु श्री सागर जिम्बा, श्री बुद्धि बहादुर स्याङ्तान, समाजसेवी श्री राजन अधिकारी लगायत अन्य"

मिति: 03/23/2023 - 16:37
, , , , , , , , , , , , , , ,

खानीखोला गाउँपालिकाको सहयोग, भाषा आयोग काठमाडौँको सहकार्य तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा ‘मातृभाषा तथा स्थानीय विषयमा शिक्षा । गुणस्तरीय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता ।।’ भन्ने मुल नाराका साथ चैत ४ देखि ८ गतेसम्म सञ्चालन हुने गरी स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रमको झलक ।

मिति: 03/20/2023 - 18:34
, , , , , ,

यस खानीखोला गाउँपालिकाको आयोजनामा सान्वी एजुकेसनल एण्ड रिसर्च कम्पनिको प्राविधिक सहयोगमा मिति २०७९ साल फाल्गुन १९ गते देखि २२ गते सम्म सन्चालित विज्ञान तथा गणित विषयको तालिममा आजको समापन कार्यक्रममा आफ्नो महत्त्वपूर्ण भनाइ राख्नुहुदै गाउँपालिकाका अध्यक्ष श्री इन्द्रबहादुर थिङ, सामाजिक विकास समिति संयोजक श्री निशान मोक्तान, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री बिष्णु बहादुर अधिकारी तथा प्रशिक्षक एवम सान्वी एजुकेशनल एण्ड रिसर्च कम्पनिका श्री सन्तोष बुढाथोकी साथमा तालिममा उपस्थित शिक्षकहरु ।

मिति: 03/07/2023 - 13:43
, , , , , , , , , , ,

"आज मिति २०७९ साल फाल्गुण १६ गतेका दिन यस खानीखोला गाउँपालिकाको सभाहलमा जिल्ला समन्वय समितिको कार्यालय, काभ्रेको प्रमुख श्री दिपक गौतमज्यू सहितको टोली उपस्थित भई LISA र FRA सम्बन्धी विषयमा छलफल साथै गाउँपालिका अध्यक्ष श्री इन्द्र बहादुर थिङ र गाउँपालिकाका कार्यालयमा कार्यरत शाखा प्रमुखहरु बिचको छलफलका झलक"

मिति: 03/05/2023 - 14:26
, , , , , , , , , , , , , , , , , ,

Pages

//