समाचार
“सम्मान तथा विदाई प्रशंसा पत्र"
“सम्मान तथा विदाई प्रशंसा पत्र"
साविक साल्मेचाकल गाउँ विकास समिति भएको समय देखि यस खानीखोला गाउँपालिका स्थापना भई निरन्तर रूपमा हालसम्म प्रवाह गर्नुभएको अविचलित निष्ठा, अथक परिश्रम र राष्ट्र सेवा प्रति उच्च सम्मान गर्दै विगत ३७ वर्ष २ महिना २५ दिनको यस सुदीर्घ र गौरवमय सेवा अवधिमा श्री राम पुकार यादवज्यू, सि.अ.हे.व., अधिकृत सातौं ले स्थानीय नागरिकको स्वास्थ्य सेवा, कार्यालयको प्रशासनिक सुदृढीकरण तथा खानीखोला गाउँपालिकाको सर्वाङ्गीण विकास र उन्नतिमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै सेवा निवृत्त (अवकास) हुनुभएको यस विशेष क्षणमा, खानीखोला गाउँपालिका परिवारको तर्फबाट सुखद, सुस्वास्थ्य, दीर्घायु एवं सुखमय उत्तरार्ध जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त सहित १९औँ गाउँसभाको विशेष अवसरमा समस्त गाउँपालिका परिवारको तर्फबाट गौरवपूर्ण एवं आदरयुक्त विदाई अर्पण गर्दै गर्दाको क्षेण ।










