FAQs Complain Problems

संक्षिप्त परिचय

यस काभ्रे जिल्ला खानीखोला गाउँपालिका साविक ७ वोटा वडा (फलामेटर-१, फलामेटर-२, डाँडागाउँ-३, डाँडागाउँ-४, सल्मेचाकल-५,साल्धरा-६, मिल्चे-७) गरि पवित्र खानीखोलाको नामवाट खानीखोला गाउँपालिका घोषणा गरिएको हो | आधुनिक नेपालको सन्दर्भमा चर्चा गर्दा काभ्रेको डाँडापरि भनेर चिनिने तराई झर्दा चाकलको नामले पहिचान बनाएको पूर्वमा महाभारत गाउँपालिका पश्चिममा महांकाल गाउँपालिका उत्तरमा वेथान गाउँपालिका र दक्षिणमा वागमती गाउँपालिकाको विच भागमा रहेको यस खानीखोला गाउँपालिका राजधानीबाट १२५ कि.मी.को दुरीमा अवस्थित एउटा शितल, शान्त, प्रदुषणरहित, हरियालीयुक्त खानीखोलाले घेरिएको वस्ती/गाउँ भनेर चिनिन्छ |

२०६८ को जनगणनामा १४,३९८ जनसंख्या रहेको र १३२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिका एतिहासिक र पर्यटकीय आधारमा एउटा निकै नमुनाको रुपमा चिनियको पाहिन्छ | गाउँपालिका अन्तर्गत रहेका चुनौतिहरुलाई पन्छाउदै यस खानीखोला गाउँपालिका विकासको बाटो तिर तिब्र रुपमा लम्किरहेको पहिन्छ |